विश्वकै वायु प्रदूषणको सूचीमा नेपाल पहिलो बन्यो

काठमाडौं ।

काठमाडौंको वायु विश्वकै अस्वस्थकरको पहिलो सूचीमा परेको छ । सिंगापुरले मापन गरेको वायु शुद्धता सूचकांक (एक्युआइ) अनुसार खराब हावाको सूचीमा नेपाल पहिलो नम्बरमा परेको हो।

रियल टाइमका अनुसार नेपालको एक्युआइ २४७ रहेको छ। जुन निकै घातक हो। एक्युआइ अनुसार सय अंकभन्दा माथिलाई घातक प्रदूषित हावा मानिन्छ। त्यस्तै ललितपुरको खुमलटार क्षेत्रको एक्युआइ बिहान मापन गरिएको अनुसार २३६.९७ छ। काठमाडौंको रत्नपार्क क्षेत्रको वायु प्रदूषणको अवस्था १९८.८७, कीर्तिपुर क्षेत्रको १८५.८२, भक्तपुरको एक्युआइ १८४.२१ छ।

त्यस्तै आज भारतको नयाँ दिल्लीको एक्युआइ २०३ रहेको छ। तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोर सहरको प्रदूषणको अवस्था १९८ छ। चौथो नम्बरमा रहेको बंगलादेशको राजधानी ढाकाको एक्युआइ १८३ छ।

प्रदूषणबाट जोगिनका लागि यस्तो अवस्थामा नागरिकलाई सकभर बाहिर ननिस्कन र निस्किनु परेमा अनिवार्य मास्कको प्रयोग गर्न सुझाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *