विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

काठमाडौं ।

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त हुनु भएकाे छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको हो । उहाँ त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष हुनुहुन्छ । केसीले उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी समेत सम्हाल्नु भएकाे थियाे । उहाँ पर्वत जिल्लाको मोदी गाउँपालिका पातिचौर निवासी हुनुहुन्छ ।

त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा.डा रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *