विश्व महिला दिवसको अवसरमा मोदीमा निशुल्क पाठेघरको मुखको क्यान्सर शिविर सञ्चालन

पर्वत ।

मोदी गाँउपालिकाको आयोजनाम ११४औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शुक्रवार पशुपति आधारभुत विधालयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर शिविर सञ्चालन गरेको थियो। साथै दिवसकै अवसर पारेर प्रभात फेरी कार्यक्रम पनि आयोजना गरिएको हो ।

प्रभातफेरी कार्यक्रलाई कोण सभामा परिणत गरी स्वास्थ्य शिविरको उद्घाटन गर्दै मोदी गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले महिला आन्दोलनबाट प्राप्त अधिकारलाई रक्षा गर्ने प्रमुख जिम्मेवारी महिलाकै भएको बताउनुभयो ।मङ्गलादेवी सिंह, साहना प्रधानलगायतले नेपालमा महिला हकअधिकार रक्षाका लागि सङ्घर्ष गरेको कारण अहिले देशका हरेक स्थानमा महिला सहभागिता बढेको बताउदै महिला सशक्त भएमात्र देशको विकास हुने बताउनुभयो ।

एक सय एकासी जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएकोमा VIA मार्फत पाँच जनालाई पाठेघरको मुखको क्यान्सरको संका गरिएको र ३४ जनाको स्तन क्यान्सर परिक्षण गरिएकोमा एक जनालाई रिफर गरिएको स्वास्थ्य शाखा संयोजक उमेश अधिकारले बताउनुभयो । शिविरमा तालिम प्राप्त स्वास्थ्यकर्मीको समुहले स्वास्थ्य परीक्षण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *