शिक्षकलाई राजनीति गर्न नदिए नेपालकाे पार्टी प्रणाली नै कमजाेर हुन्छ : प्रचण्ड

काठमाण्डाै ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताउनुभएको छ ।May be an image of 7 people, people sitting, people standing and indoor

आज मङ्गलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियपूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो ।

May be an image of 1 person, standing and sitting

नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताउनुभयो । उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि बताउनुभयो ।

May be an image of 8 people, people standing and indoor

उहाँले भन्नुभयो, ‘नेपालमा जति पनि पार्टी छन्, सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टी छन् । सबैभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारहरूलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई नागरिककाे  बीचमा लैजाने शिक्षकहरू नै हुन् । अब शिक्षकहरूले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीतिबाहेक केही हुने छैन । त्यस कारण म त के भन्छु भने शिक्षकहरू अझ सक्रिय भएर समाज सेवामा, सामाजिक रूपान्तरणका काममा, राजनीतिक रूपान्तरणका काममा लाग्नुपर्नेछ । प्राविधिक रूपमा तपाईँहरूलाई अप्ठ्यारो नपर्ने गरी सक्रियतापूर्वक नागरिककाे बीचमा काम गर्ने वातावरण बनाइन्छ । तपाईँहरू द्विविधामा नरहनु होला ।’

अध्यक्ष दाहालले शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि बताउनुभयो । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *