सञ्जीबनी सहकारीको १३ औ साधारण सभा तथा ५ औं अधिबेशन

माेदी, पर्वत ।

सञ्जीबनी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड मोदी २ , पातिचौर, पर्वतको १३ औ साधारण सभा तथा ५ औं अधिबेशन आज शनिबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
पातिचौरमा रहेको पशुपति आधारभूत बिद्यालयको प्राङ्गणमा सम्पन्न भएको अधिबेशनले आगामी कार्यकालको लागि बाबुराम तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शान्ति पौडेल, सचिब देब बहादुर कुँवर, सहसचिब मिन बहादुर पुन र कोषाध्यक्षमा सरिता गिरी चयन हुनु भएको छ । त्यसैगरी लेखा संयोजकमा नेत्र पौडेल र सदस्यहरुमा लक्ष्मी पौडेल र मन बहादुर मल्ल चयन हुनु भएको छ ।
प्रमुख अतिथिको रुपमा कार्यक्रमको उद्घाटन गर्दै मोदी गाउँ पालिकाका उपाध्यक्ष सेती महतले सहकारीले छरिएर रहेको पँुजीलाई एकत्रित गर्दै बिपन्न बर्गको जीबनस्तरमा सुधार ल्याउन भूमिका खेल्नु पर्ने बिचार व्यक्त गर्नु भयो । उहाँले सहकारी संस्थाहरुमा बित्तीय अनुशासन कायम गर्नु अहिलेको मुख्य चुनौति रहेको बताउँदै आर्थिक क्षेत्रको साथ साथै सामाजिक उत्तरदायित्वका क्षेत्रहरुमा समेत सहकारीहरुले कार्यहरु गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
सोही कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा बोल्दै मोदी गाउँपालिका वडा नं २ का वडाध्यक्ष बिकास तिमिल्सिनाले सहकारीहरुले मुनाफाको निम्ति मात्र नभई सामाजिक सेवाको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो । उहाँले गरीब तथा दिन दुखीको साथी बनेर काम गर्दै सहकारीलाई उत्पादनसँग जोडेर अगाडि बढाउन आग्रह गर्नुभयो ।
सोही अबसरमा जेष्ठ नागरिक, एकल महिला, उत्कृष्ट बचतकर्ता, कर्मचारी, संस्थापक, गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु हरि सुबेदी र सागर जिसीले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष बाबुराम तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत टिकाराम पौडेलले गर्नु भएको थियो भने संचालन बिज्ञान हमालले गर्नुभएको थियो ।
२०६६ सालमा २७ जना संस्थापक शेयर सदस्यहरुबाट शुरु भएकोे संजीबनी सहकारीमा हाल ५१६ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाको शेयर पूँजी एक करोड ६५ लाख ३१ ह्जार रहेको छ भने दैनिक तथा मासिक बचत रकम १ करोड ३१ लाख, ५ हजार ३ सय २८ रहेको छ । सहकारीले २ करोड ५० लाख ३१ हजार ऋण लगानी गरेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *