सबैभन्दा कम जनसंख्या हुने गाउँपालिका मनाङको नार्पाभूमि र सबैभन्दा बढी बाकेको बैजनाथ

मनाङ जिल्लाको नार्पाभूमि सबैभन्दा कम जनसंख्या हुने गाउँपालिका भएको छ । नेपालको जनगणना २०७८ अनुसार नार्पाभूमि गाउँपालिकाको जनसंख्या ४ सय ४२ मात्र रहेको छ ।

त्यस्तै कम जनसंख्या भएका अन्य गाउँपालिकामा मनाङकै डिस्याङ र नासों पनि रहेका छन्। त्यस्तै मुस्ताङको लो-घेकर दामोदरकुण्ड पनि कम जनसंख्या भएको गाउँपालिकामा परेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

त्यस्तै सबैभन्दा बढी जनसंख्या भएको गाउँपालिका भने बाँकेको बैजनाथपुर रहेको छ। बैजनाथपुरमा ७० हजार ३ सय १५ रहेको छ।

केन्द्रीय तथ्यांक विभागका अनुसार सबैभन्दा बढी जनसंख्या हुने गाउँपालिकाहरूमा बैजनाथसहित बाँकेकै राप्तीसोनारी र खुजुरा पनि रहेका छन्। त्यस्तै रुपन्देहीको मायादेवी र कपिलवस्तुको मायादेवी गाउँपालिका पनि बढी जनसंख्या रहेका गाउँपालिका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *