काठमाडौं ।
सरकारले यसपटक समयमै धानको समर्थन मूल्य तोेकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।
सरकारले यस वर्ष मोटा धानमा दुई सय ३१ र मध्यम धानमा दुई सय ३४ रुपैयाँ प्रतिक्विन्टल बढाएको छ । गत वर्ष सरकारले मोटा धानको दुई हजार नौ सय ६७ रुपैयाँ र मध्यम धानको तीन हजार एक सय २८ रुपैयाँ तोकेको थियो ।
यस वर्ष मध्यम धानको तीन हजार तीन सय ६२ रुपैयाँ र मोटा धानको तीन हजार एक सय ९८ रुपैयाँ तोकेको छ ।