सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

खलङ्गा।

सल्यानमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१ख २५५२ नम्बरको बस विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाका अनुसार मृत्यु हुनेमा १० जना पुरुष र २ जना महिला रहेका छन् । घटनास्थलमा ६ जनाको र अस्पतालमा ६ जनाको गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु भएकाहरुको सनाखत भइ नसकेको उनले जानकारी दिए ।

प्रहरीले तीब्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *