काठमाण्डाै ।
सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतहरूबाटै चलाउने अधिकार दिएको छ ।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को निर्णय बुधवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त कुराको जानकारी दिनु भएको हो ।
मन्त्री शर्माले सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै सुरु कारबाही र किनारा लगाउने अधिकार दिएको बताउनुभएको छ ।