सुचारु छन् पर्वतका विद्यालयहरु , केन्द्रको निर्णय पालना गर्न समन्वयको आग्रह

पर्वत ।

कोभिड १९ को संक्रमण बढेसँगै देशभरका विद्यायहरु बन्द गर्ने शिक्षा मन्त्रालयको निणर्य पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय ईकाई पर्वतले आग्रह गरेको छ ।

मन्त्रालयको निर्देशन अस्वीकार गर्दै जिल्लाका अधिकांस क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्य मापदण्ड बिनानै कक्षा संचालन भैरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो । कार्यालय प्रमुख उद्धिमराज पौडेलले आइतवार पत्र जारी गर्दै जिल्लाका सवै विद्यालयहरुलाई माघ १५ गतेसम्म विद्यालय बन्द गरेर विद्यार्थीहरुलाई संक्रमणवाट जोगाउन ध्यानाकर्षण गराउनुभएको हो । आधारभुत तथा माध्यमिक विद्यालययहरुको बार्षिक बिदामा मिलान हुने गरी पौष २७ गतेदेखि माघ १५ गतेसम्म विदा दिने उक्त अवधिमा विद्यार्थी सिकाईका लागि आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ ।

विदाको अवधिमा प्रअले स्थानीय स्वास्थ्यचौकीसँग समन्वय गरी १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सहजीकरण गर्ने, १८ वर्ष भन्दा माथिका विद्यार्थी, शिक्षक, कर्मचारी, तथा अभिभावकलाई पुणर् खोप लगाउन स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्न निर्देशन गरिएको छ ।

विश्व विद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परिक्षाहरु जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाई व्यवस्थापन गरी संचालन गर्ने, माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्ने सवैको खोप कार्ड अनिवार्य रुपमा साथमा राख्ने प्रवन्ध शिक्षण संस्थाले मिलाउन पनि निर्देशनमा उल्लेख छ । अर्को सुचना नभएसम्म विद्यालयमा सभा समारोह नगर्न समेत आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *