सुदर्शनको गुनासो–‘कुनै ठाउँलाई फिल्मले चिनायो भनेर धन्यवाद पनि पाएका छैनौं’

निर्देशक सुदर्शन थापाले कुनै पनि स्थानलाई चलचित्रको माध्यमबाट चलचित्रकर्मीले चिनाउँदा धन्यवाद समेत नपाएको गुनासो गरेका छन् । चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँमा आयोजना भएको ‘सिनेमा संवाद एवं घान्द्रुक’ कार्यक्रममा बोल्दै सुदर्शनले यस्तो गुनासो गरेका हुन् ।

कोरानाका कारण चलचित्र र पर्यटन क्षेत्र नै प्रभावित भएको भन्दै चलचित्र पत्रकार संघ, कास्की शाखाले ‘सिनेमा टुरिज्मः सम्बन्ध र संभवना’ र ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ बिषयमा छलफल आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *