काठमाडौँ ।
स्थानीय बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख १२ हजार रुपियाँ नाघेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुनको भन्सार महसुल बढाइएसँगै सुनको मूल्य बढेको हो । बजेटमा १५ प्रतिशत सुनको भन्सार बढेको छ ।
बुधबार सुन तोलामा एक हजार पाँच सय रुपियाँले बढेर एक लाख १२ हजार रुपियाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि सुनको मूल्य उच्च हुँदा प्रतितोला एक लाख ११ हजार आठ सय रुपियाँसम्म पुगेको थियो । मङ्गलबार सुनको मूल्य एकै दिन तोलामा २४ सय रुपियाँले बढेर प्रतितोला एक लाख १० हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।बजेटमार्फत सुनको भन्सार १० प्रतिशतबाट बढेर १५ प्रतिशत पु-याइएको छ ।