सुनको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। दशैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको मूल्यअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुनेछ। गत सोमबार प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले चाँदीको आजको कारोबार मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ तोकेको छ। चाँदी गत सोमबार प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *