अहिले जाडो याम छ । यतिबेला मर्निङ वाकमा निस्कनु त्यती अनुकुल हुँदैन, खासगरी काठमाडौंमा । चिसोमा मर्निङ वाक गर्दा फाइदा होइन बेफाइदा गर्ने चिकित्सकहरुको सुझाव छ । यस्तो बेला घरभित्रै बसेर योग गर्न सकिन्छ । यसका लागि सबैभन्दा सरल र प्रभावकारी योग हो, सूर्य नमस्कार ।
प्राचीन समयदेखि योगबाट मन र शरीरलाई स्वस्थ्य राखिने अभ्यास भएको पाइन्छ । योगले शरीर र मनलाई स्वस्थ राख्छ । शरीरको अतिरिक्त विकार हटाउन, मनलाई शान्त तुल्याउन, स्फूर्ति ल्याउन योग अनिवार्य छ । अहिले विश्वभर योगको लहर छ ।
सूर्य नमस्कार यस्तो योग हो, जो सजिलो छ । र, अत्यान्तै लाभदायक पनि । बालबच्चादेखि बुढापाकसम्मले यो योगासन अभ्यास गर्न सक्छन् ।
सूर्य नमस्कारमा विभिन्न १२ आसन हुन्छ । यी १२ आसन गर्दा सासको गति नियन्त्रण गर्न सक्नु सर्वोत्तम हुन्छ । सासको गति नियन्त्रणका लागि मन्त्रोच्चारण गरिन्छ । मन्त्रोच्चारणका साथ सूर्य नमस्कार गर्नु सत्प्रतिसत फाइदाजनक हुन्छ ।
सूर्यनमस्कार आसनको केही स्वास्थ्यवद्र्धक लाभ हुन्छ । जस्तो कि यसले रक्तप्रवाह सही ढंगले गराउँछ । पाचन क्रिय चुस्त रहन्छ । तौल नियन्त्रण गर्छ । शरीरमा सकारात्मक उर्जा पनि मिल्छ ।
एक पटक सूर्य नमस्कार गर्दा १३ दशमलव ९ प्रतिशत क्यालोरी घटाउन सकिन्छ । सूर्य नमस्कार स्वस्थ रहने सबैभन्दा राम्रो विकल्प हो ।