सोलुखुम्बुको थामे गाउँमा आएको बाढीमा ७ जनाको उद्धार, एउटा विद्यालयसहित १४ वटा घर बगायो

काठमाण्डाै ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा शुक्रबार दिउँसो थामेगाउँमा आएको बाढीमा फसेका सात जनाको उद्धार गरिएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नेपाली सेनाले बाढीमा फसेका सात जनाको उद्धार गरेको हो । अहिलेसम्म प्रभावित क्षेत्रमा मानवीय क्षति भए/नभएकोबारे विवरण  प्राप्त भएको छैन।

हिमताल फुटेर लेदोसहितको बाढी आएको अनुमान छ । आज दिउँसो आएको बाढीले एउटा विद्यालय र एउटा क्लिनिकसहित १४ वटा घर बगाएको पछिल्लो विवरण छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा टोली खटाएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *