स्वामी मुक्तिनाथबाबाको समुपस्थितिमा साउन २७ गते कुश्मामा वृहत धार्मिक अनुष्ठान हुने, प्रवचन मा पर्वत बासीहरुलाई उपस्थिति हुन अनुरोध

अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) को समपुपस्थितिमा पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा यही साउन महिनाको २७ गते शनिबार, एकादशीको दिन वृहत धार्मिक प्रवचन तथा अन्तर्क्रिरया कार्यक्रम हुने भएको छ। कार्यक्रममा प्रमुख बाचक श्रीमुक्तिनाथबाबा हुने र सहायक बाचकमा अन्य प्रवुद्ध सन्त माहात्माहरू रहने कार्यक्रम संयोजक जिल्ला समन्वय समितिको कार्यालय, पर्वतले जनाएको छ ।स्वामी श्रीमुक्तिनाथ बाबाको सत्संकल्पबाट जलसम्पदाको संरक्षण, वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, संस्कृत भाषाको उन्नयन, श्रीदेवदेश नेपालको समृद्धि प्राप्तिका लागि यस आध्यात्मिक कार्यक्रमको आयोजना हुन लागेको हो ।
स्वामी महाराज श्रीमुक्तिनाथ बाबाको सत्संकल्पमा नै श्रीविश्वशान्ति गण्डकी महासभाको आह्वान भएको सन्दर्भमा सोही कार्यक्रमको प्रचार प्रसार गर्न र यही २०८० साल फागुन ९ गतेदेखि २३ गतेसम्म सुप्रसिद्ध धार्मिक स्थल बागलुङको पञ्चकोटमा आयोजना हुने ऐतिहासिक अनन्तश्री ब्रह्माण्डीय महायज्ञको जानकारीको लागि समेत यो विशेष कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक श्रीमुक्तिनाथबाबाको तर्फबाट खटि आउने साधु सन्तहरूले बताएका छन् । यस कार्यक्रम नितान्त आध्यात्मिक तथा नैतिक शिक्षा प्रवर्द्धन गर्नेे बताइएको छ । कार्यक्रमको आयोजना गर्न ेसम्बन्धमा जिल्लाको सदसमुकाममा जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका पदाधिकारीहरू, राष्ट्र सेवक कर्मचारीको जिल्लास्तरीय नेतृत्व, विभिन्न धार्मिक तथा आध्यात्मिक संससंस्थाका प्रतिनिधिहरूको बैठक बसी निर्णय गरिएको थियो । कार्यक्रमको तयारी पूरा भईसकेको बताईएको उक्त कार्यक्रमका लागि जिल्लाका उच्चपदस्थ संघ तथा गण्डकी प्रदेश सभाका सांसदहरू, भूतपूर्व सांसदहरू, जिल्ला समन्वय समितिका सबै पदाधिकारीहरू, पर्वत जिल्लाका सबै स्थानीय तहका पदाधिकारीहरूसमेत बागलुङ नगरपालिकाका पदाधिकारीहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, शिक्षक प्राध्यापक, मठमन्दिर संग सम्बद्ध व्यक्तिहरू, जिल्लास्थित सबै राष्ट्रसेवक कर्मचारी, पत्रकार, स्वयमसेवक संघसंस्था लगायत जिल्लावासी सबै सर्वसाधारण नागरिकहरूलाई निमन्त्रणा गरी सकिएको जिल्ला समन्वय अधिकारी नेत्रप्रसाद पौडेलले बताउनुभयो । प्रवचन कार्यक्रममा कालीगण्डकी नदीको महीमा तथा साक्षात् भगवानका प्रतिरुप शालग्राम भगवानको संरक्षण र सम्बद्धनको विषयमा विशेष प्रवचन हुनेसमेत वताइएको छ । यस कार्यक्रमले नैतिक आचरणको प्रवर्धन तथा योग, ध्यानको महत्त्वको विषयमा पनि आत्मानुभूतिपूर्ण दिशानिर्देश गर्ने भएकाले जिल्लावासी महानुभावहरूको उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको छ । कार्यक्रम सदरमुकाम कुश्मा वजारमा रहेको युनीभर्सल पार्टी प्यालेसमा साउन २७ गते दिनको बिहान ११ बजे प्रारम्भ हुने समन्वय अधिकारी पौडेलले बताउनुभयो । साथै प्रवचन कार्यक्रममा पर्वत बासीहरुलाई उपस्थिति हुनको लागि अनुरोध पनि गरएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *