स्वार्थ को शिकार (गीत)
रचना : विकास तिमिल्सिना
गरेउनी गल्ती , भरेउ नि खल्ती पिडात म लाई छ । कर्तव्य भुलेउ, स्वार्थमा डुलेउ, खै कस्को भलाई छ ।।
अहंकार बोकेउ, बच्चालाई ठोकेउ, भोलिलाई हेरेनौ । लागेको बानी हो जानी जानी , पापी मन फेरेनौ।।
बगेको रगत शोकमा छ जगत , के भुक्छौ लुकेर । प्रतिशोध लिन्नन,क्षमा त दिन्नन, माफ माग झुकेर।।
सत्तामा गयौं राक्षसै भयौं , जनता ले चुनेको ।
शुख सयल गर्ने तिम्रो पेट भर्ने, षड्यन्त्र बुनेको।।
खोइ कता गए खरानी भए , कालो धन थुपारेउ। अनुहार फेरि नियाल्दा खेरि , के भन्छौं जन्ता छेउ ।।
अबोध बालक थिएनी चलाख , अस्ताए जुन झैं । अन्धकार भयो दैबले लयो, देखिन क्षण मै।।
उज्यालो थियो बलेको दियो, रमाइलो थियो घर ।
मान्छेको चोला भोलि के होला, सधै लाई चिन्ता भर ।।
साहारा बनि आमाको पनि , काममा सघाउनि।
उज्यालो हुदा उठ बा भनि, निद्रा मा जगाउनि।।
खेर नै गए देउता कै भए , बिर्सन सके पो।
बाचेर पनि छैन केहि अर्थ , मलाई नि लैजा भो ।।
हे दैब मलाई नि लैजा भो ,
मलाई नि लैजा भो ।
२०८२/०६/०२