मोदीमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न


७ बैशाख, पर्वत
पर्वतको मोदी गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । नयाँ वर्षको अवसरमा प्रारम्भ भएको रनिङ शिल्डको खेल शनिबार सकिएको हो । रनिङ शिल्डमा आयोजना गरीएको भलिवल खेलमा जननेत्र मावि देउपुर छात्रतर्फ प्रथम भएको छ । यस्तै छात्रतर्फ भुक मावि द्धितीय भएको छ । तृतीय पशुपति मावि राम्जा भएको हो । छात्रा तर्फमा महेन्द्र शिखरी मावि वाजुङ प्रथम, द्धितीय शालिजा मावि र तृतिय नवजागृत मावि भएका हुन । यस्तै कर्मचारी, शिक्षक, जन प्रतिनिधितर्फको खेलमा वडा न ६ तिलाहार प्रथम भएको छ भने वडा नं ५ वाजुङ द्धितय भएको छ । तृतिय वडा नं ३ देउराली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *