जलजलाको गाउसभामा नाराबाजी, स्थिति तनावपूर्ण(भिडियो सहित)

पर्वत।

जिल्लाको जलजला गाउँपालिकाको गाउँसभामा तनावको  स्थिति सिर्जना भएको छ । नेपाल प्रहरीको बाक्लो सुरक्षा घेरा बीच अध्यक्ष राजुप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यले अबरोध गरेपछि असहज अवस्था निम्तिएको हो । गाउँ सभा सञ्चालन प्रक्रियामा असहमति जनाउँदै एमालेबाट निर्वाचित सदस्यले नाराबाजी गरेका हुन्  ।

गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो । उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउनसक्ने प्रावधानलाई टेकेर बिहिबार गाउँसभाको बैठक आब्हान गरेको थियो ।

आजको बैठकमा अध्यक्षले सुरुमा बैठक सुरु गर्नेबित्तिकै एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले उठेर सहमतिपछि मात्रै बिधि र प्रक्रिया पु¥याएर बैठक सुरु गर्न आब्हान गरेका थिए । उनीहरुले जबरजस्ती बैठक सञ्चालन भए त्यसबाट उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी दिएका थिए ।

अध्यक्ष आचार्यले पनि आफुले बिधि र प्रक्रिया पुरयाएर बैठक बसालेकोले सभा नरोक्ने भन्दै नीति तथा कार्यक्रम नरोक्ने बताएर प्रस्तुत गर्न सुरु गरेका थिए ।

त्यसलगत्तै नेकपा एमालेबाट निर्वाचित गाउँसभाका सदस्य  आक्रोशित हुँदै अगाडि बढेपछि सुरक्षाकर्मीले बिचमा रोक्ने प्रयास गरेपनि दुई पक्षबिच धकेला धकेलको स्थिति सृजना भए पछि गाउँसभास्थल तनावग्रस्त बनेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *