पर्वत ।
मोदी गाउँपालिकाको नबौं स्थापना दिवस मंगलबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष हिरादेबी शर्माको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कृषक, उद्यमी, पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने सामुदायिक होमस्टे तथा सहकारी संस्था लगायत गरी कुल १५ विधामा सम्मान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले गाउँपालिकाको समग्र विकासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र समृद्धि हासिल गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।