पर्वत।
पर्वतका ६ वटा स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) को नेतृत्व चयन भएको छ । प्रथम पालिका अधिवेशनमार्फत सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको माओबादी केन्द्र पर्वतले जनाएको छ ।
आइतबारसम्म दुइ नगरपालिका कुस्मा र फलेबास नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । गाउँपालिकातर्फ माेदी, जलजला, बिहादि र पेयुँ गाउँपालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरिसकिएको छ ।
मङ्सिर ११ गते शनिबार देशैभरि भएको प्रथम पालिका अधिवेशन अन्तर्गत पर्वतमा पनि अधिवेशन भएको हाे ।
नगरपालिका अधिवेशनबाट कुस्मा नगर समितिको अध्यक्षमा शंकर गिरी, उपाध्यक्षमा मिनराज केसी, भगबती पाैडेल र तारा पराजुली रहनुभएकाे छ । सचिवमा भिम बहादुर नेपाली , सहसचिवमा रिषिराम पाैडेल लगायत ६५ सदस्यीय समिति चयन भएको छ ।
त्यसैगरी जलजला गाउँपालिकाको प्रथम पालिका अधिवेशनले अध्यक्षमा दिपक आचार्यलाई निर्वाचित गरेको छ ।
मिलनचोकमा शनिबार सम्पन्न प्रथम पालिका अधिबेशनबाट आचार्यको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन भएको छ । उपाध्यक्षमा दुर्गाबहादुर दर्जी, गौबहादुर पुन र सीता मल्ल सर्वसहमतिमा निर्वाचित हुनुभएको छ । यस्तै सचिवमा सोम जिसि, सह सचिव रबिन जिसि र कोषाध्यक्ष्मा पुर्ण दर्जी रहनुभएको छ ।
मोदी गाउपालिकाकाे अधिवेशनबाटअध्यक्ष मा कृष्ण बहादुर सुवेदी, उपाध्यक्ष चिजकाजी गुरुङ ,तारा गुरुङ , भिमप्रसाद चापगाइ, सचिब अमर अधिकारी, सहसचिब तुलाराम परियार, काेषाध्यक्ष माया पुरी लगायत ५५ सदस्यीय गाउँ कमिटी सर्बसम्मत रुपमा निर्बाचित भएकाे छ ।
त्यसैगरी गाउँपालिकातर्फ पैयुँमा रेशमलाल सापकाेटा, बिहादीमा रिखीराम भुसाल र फलेबास नगरपालिकामा शाेभा क्षेत्रीकाे अध्यक्षतामा सर्बसम्मत रुपमा कमिटीहरू गठन भएकाे जानकारी प्राप्त भएकाे छ ।