आगामी जेठ ५ मा स्थानीय तहका सबै पदाधिकारीको पद रिक्त हुँदै

काठमाडौं ।

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि आफू बसेको ठाउँबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । बुधवार काठमाडाैंमा निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामयिक विषयहरुमा गरिएको अन्तक्र्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिएका हुन् ।

७७ वटा जिल्ला निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट जुनसुकै समयमा पनि मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको पनि प्रमुख आयुक्त थपलियाले बताए ।

अर्को प्रशंगमा माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगबाट तयारी भइरहेको तथा उपनिर्वाचनका लागि अहिले २२ स्थान रिक्त रहेकाले सरकारले मिति तोके उपनिर्वाचन गराउन आयोग तयार रहेको पनि थपलियाको भनाइ थियो । त्यस्तै आगामी जेठको ५ गते स्थानीय तहका सबै पदाधिकारीहरूको पद रिक्त हुने भएकोले त्यस अगावै स्थानीय तहको निर्वाचन गराउन आयोगबाट आवश्यक तयारी प्रारम्भ भएको पनि बताइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *