मोदी ,पर्वत ।
पार्वती युवा क्लब मोदी ,२ पातिचौरले भालि शुक्रबार विविध खेल तथा साँस्कृतिक मेलाको आयोजना गरेको छ । बालाचर्तुदशीको अवसर पारी क्लबले कार्यक्रमको आयोजना गरेको हो । मोदी गाँउपालिकाको धार्मिक स्थान मोदी गंगा र पार्वती गंगाको संगम स्थलमा तोरण तार्ने,सदविज छर्ने,भजन कृतनका साथै विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्ने क्लबले जनाएको छ । यही अवसरमा खेलकुद गतिविधि आयोजना गरेको छ ।
मेलामा समावेश गरिएका खेलहरु
पुरुष भलिबल प्रतियोगिता
प्रथम पुरस्कार रु.८१,००० शिल्ड,मेडल र प्रमाण पत्र
द्दितिय पुरस्कार रु.४१,००० शिल्ड,मेडल र प्रमाण पत्र
तृतिय पुरस्कार २१,००० शिल्ड,मेडल र प्रमाण पत्र
प्रौढ भलिबल प्रतियोगिता
प्रथम पुरस्कार जङ्गी बोका
द्दितिय पुरस्कार भाले दुई वटा
पुरुष रसी तान्ने प्रतियोगिता
पुरस्कार- लोकल जङ्गी भाले
मेलामा घैटो फुटाउन प्रतियोगिता र पुरुष छेलो प्रतियोगिताको पनि आयोजना गरिएको छ ।
मोदी गाँउपालिका र वडाहरुको समन्वयमा हुन लागेकाे कार्यक्रममा बालाचर्तुदशीको अवसर पारी तोरण तार्न र सदविज छर्ने श्रदालु भक्तजनहरुमा अझै मनोरञ्न दिन र खेलकुदमा आकर्षित गर्नका लागि खेल तथा साँस्कृतिक मेलाको आयोजना गरेको र मेलाको अन्तिम तयारी भएको क्लबका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो ।
त्यसैगरी सम्पुर्ण पर्वत बासी र छिमेकी जिल्लाका बासिन्दा लाई मेलाको अवलोकन गर्न र मनोरञ्जन लिन क्लबले आग्रह गरेको छ ।