ट्याक्टर र बस जुध्दा पर्वतमा एकको मृत्यु, २३ घाइते

May be an image of 10 people and roadपर्वतमा बस र ट्याक्टर जुध्दा हुँदा एकको मृत्यु भएको छ । त्यस्तैगरी दुर्घटनामा परि २३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार मृत्यु हुनेमा विशाल लामिछाने रहेका छन् ।

May be an image of 5 people and outdoors

मृतक लामिछाने उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ स्थायी घर भएका बताइएको छ । १८ वर्षका उनी मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुरको रूपमा काम गर्दै आएको प्रहरीको भनाइ छ ।

May be an image of 3 people, people standing and text that says 'Rohan PSS'

शनिबार बिहान विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बस र सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।दुर्घटनामा घाइते हुनेहरुको पर्वतकै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

May be an image of 7 people and road

Leave a Reply

Your email address will not be published. Required fields are marked *