पर्वत
पर्वतको नमुना आवाशिय माविले स्काउट विद्यार्थीहरुलाई आपत विपत कला प्रशिक्षण गराएको छ । आवाशिय माविले स्काउटमा आबद्ध विद्यार्थीहरुलाई प्रथम नमुना एडभान्चर एण्ड रमाईलो क्याम्प आयोजना गरेको हो । स्काउट विद्यार्थीहरुले विपद परेका स्थानमा उद्धार गर्ने तथा आँफु सुरक्षीत बन्ने कला सिकाईएको हो । पर्वतमा रहेको नेपाली सेनाको केवल जङ गुल्मको साहेतामा विद्यार्थीहरुले आपत कला शिकाईएको हो । स्काउटमा आबद्ध साठ्ठी जना वालवालिकाहरुलाई सैनीक सुरक्षा कला सिकाइएको हो । एक दिने भ्रमण सहीत विद्यार्थीहरुलाई खाना पकाउने तथा क्यम्प बनाउने आपतमा पर्दा सुरक्षीत रहने र सुरक्षा दिने लगायतका कलाहरु सीकाइएको हो । विद्यार्थीहरुलाई युद्ध कला अन्त्रगत मंकीक्रल , र डवल डिग लगाएको आकासमा र जमीन मुनीको बंकर अभ्यास सहीत सुरक्षीत रहने विधि सीकाईएको हो । नेपाली सेनाका सविन कार्कीले विद्यार्थीहरुलाई बाधा दौड बाधा , बाधा अभ्यास र मंकी क्रल डोरीबाट भिरी तथा खोला पार गर्ने तरीका प्रशिक्षण गराएका हुन ।नमुना आवाशिय माविको अगुवाईमा कुश्मा नगर पालिका ८ मंगलोदय मावि र गुरुकुल मावि लगायका स्काउट लिडरहरुले तालिम लिएका हुन । शैक्षक र कितावी ज्ञान भन्दा मानीस बाँच्न अतिरिक्त कला र ज्ञानको आवश्यता पर्ने भएका कारण वालवालिकाहरुलाई जस्तो सुकै परिस्थीतमा पनि सुरक्षीत रहने आत्म विश्वास जनाउन पनि बाधा अध्यास गराइएको विद्यालयका अध्यक्ष याम प्रसाद शर्माले बताए । विहानै पिटी रोलकल र प्रार्थाना सहीत विद्यार्थीहरुलाई टोलि विभाजन गराएर प्रशिक्षण गराइएको हो । कक्षा ६ देखी दश सम्मका विद्यार्थीहरुले भाग लिएको बाधा अभ्यासमा ६० विद्यार्थी सहभागि भएका हुन । उमेर अनुसार वाल वालिकाहरुलाई बाँच्नका लागि सीपको पनि विकास गराउनु सकारात्मक भएको अभिभावकहरुले बताएका छन । विद्यार्थीहरुलाई शिक्षा सँगै घरयासी काम देखी जिवीको पार्जनका सीपहरुको सिकाउनु सकारात्मक भएको अभिभावक सुभास चन्द्र पौडेलले बताए ।विद्यार्थीहरुमा रहेको अन्तर निहीत क्षमताको पहीना गराउन पनि अतिरिक्त अभ्यास गराउनु शैक्षीक संस्थाको दायीत्व अन्त्रगत स्थानीय पाठ्यक्रम अनुसार रचनात्मक अभ्यासमा सहभागि गराइएको विद्यालयका प्रिन्सीपल इृन्द्रमान खत्रीले जनाएका छन ।यस्ता अभ्यासले वालवालिकाहरु अफठयारोमा पर्दा पनि आत्म रक्षाका लागि आत्म विस्वास जगाउँदै सहजै जिवन यापन गर्ने सक्ने विद्यालयले जनाएको हो । आपद विपदमा पर्दा आँफुहुरु सुरक्षीत रहेर उद्धार गराउने विधि सिक्न पाउन वालिवालिकाहरु पनि उत्साहीत देखीएका थिए । विद्यार्थीहरुलाई क्याम्प आवास सहीत दुई दिने प्रशिक्षण गराइएको हो ।