माेदी, पर्वत ।
जातिय भेदभाव तथा छुवाछुत, लैङ्गिक हिंसा, वाल विवाह, धूम्रपान, मद्यपान, दाइजो लगायतका विभिन्न सामाजिक समस्या विरुद्द चेतनामुलक सडक नाटक” बिहीबार माेदी गाउँपालिकाका बिभिन्र वडाहरूमा प्रदर्शन गरिएको छ ।

पहिलाे दिन गाउँपालिकाकाे वडा नं १ काे लप्सीबाेट , वडा नं २ काे जननेत्र मावि कडेन र वडा नं ३ काे पूर्ण गाउँमा उक्त नाटक प्रदर्शन गरिएकाे थियाे । नाटक हेर्नकाे लागि सयाैकाे संख्यामा स्थानीय व्यक्तिहरू, शिक्षक, बिद्यार्थीहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

मोदी गाउँपालिकाकाे आयाेजना तथा मोदी दलित सञ्जालकाे र समन्वयमा साे नाटक मञ्चन गरिएकाे हाे । नाटकमा बुहारी टेली चलचित्रमा आबद्द कलाकारका साथै नायिका दिपिका थापा, राजु श्रेष्ठ, रोहानी लामा, सुरेश असिम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जनचेतनामुलक उक्त नाटक गाउँपालिकाका आठ वटै वडाका दश स्थानमा चार दिन सम्म प्रदर्शन हुने गाउँ पलिकाका अध्यक्ष प्रेम पाैडेलले जानकारि दिनुभयाे ।





