नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा यी हुन् पदाधिकारी उम्मेदवारहरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । कूल १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ । उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् ।

सहमहामन्त्री पदका उम्मेदवारहरुमा बद्री प्रसाद पाण्डे, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, किशोरसिंह राठौर, रञ्जित कर्ण, जीवन परियार, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी, जीवनबहादुर शाही, गंगा सुनार, महेन्द्र यादव, भीष्मराज आङदम्बे, चेतराज बजाल, शेख वकील उमाकान्त चौधरी र डिना उपाध्याय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *