माेदी, पर्वत ।
नेपाल राष्ट्रिय शिक्षक संगठन मोदी गाउँपालिकाको दोस्रोअधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले बाबुराम उपाध्यायको अध्यक्षतामा नयाँ गाउँपालिका कमिटि निर्वाचित गरेकाे छ ।
सो कमिटीको उपाध्यक्षमा महेन्द्र लामिछाने, महिला उपाध्यक्षमा शारदा शर्मा, सचिबमा हरिकृष्ण लामिछाने, सहसचिब लक्ष्मी परियार , कोषाध्यक्ष मन बहादुर पुन र सह कोषाध्यक्षमा आरती पौडेल सर्वसम्मत चयन हुनु भएको छ ।
कमिटीको सदस्यहरुमा तिल बहादुर राणा, प्रेम तिमिल्सिना, राधा कुमारी लामिछाने बरुवाल, राजु क्षेत्री, नबराज लामिछाने, याम नाथ पौडेल, अञ्जान शर्मा, कृष्ण बहादुर केसी, मञ्जु केसी, ईश्वरी पौडेल सुवेदी, पवन देवी भुसाल चयन हुनु भएको छ ।

अधिबेशनकाे अवसरमा सेवा निवृत्त शिक्षकहरू, ३० वर्षको सेवा व्यतीत गरेका साथै सेवा परिवर्तन गर्नु हुने शिक्षकहरुलाई सम्मान गरिएकाे थियाे ।
