शिक्षक बढुवाको विज्ञापन अझै अन्यौलमा

काठमाडौं ।

शिक्षक सेवा आयोगले यसै हप्ता खुला विज्ञापन प्रकाशनको तयारी गरेता पनि आन्तरिक प्रतियोगितात्मक बढुवाको विज्ञापन भने अन्योलमा परेको छ । शिक्षक सेवा आयोग नियमावली संशोधन हुन नसकेपछि मंसिरमा विज्ञापन खोल्ने आयोगको कार्यतालिका प्रभावित भएको हो ।

मंसिरभित्रै नियमावली संशोधन गरी प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा विज्ञापन खुलाउने तयारी आयोगले गरेको थियो । आयोगका अध्यक्ष नियमावली संशोधन हुन नसक्दा आन्तरिक तर्फको विज्ञापन भने अन्योलमा परेको बताए ।

उनले भने ‘नियमावली संशोधन क्याबिनेटमा पुगेको छ । पार्टीहरुको महाधिवेशनका कारण क्याबिनेट नियमित बस्न नसक्दा नियमावली संशोधनमा हुन सकेको छैन । त्यसैले यो विज्ञापन चाँहि अन्योलमा परेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *