पुसको पहिलो साता देउपुरमा चापागाई बन्धुहरूको बृहत कुल पूजा तथा बिबिध कार्यक्रमकाे आयाेजना

माेदी,पर्वत ।

जिल्लाकाे मोदी गाउँपालिका वडा नं. २, देउपुर कँडेनमा रहेको  चापागाई बन्धु समाजको उद्गम स्थलमा कुल मन्दिर, बराह मन्दिर र लक्ष्मी नारायण मन्दिरको उद्घाट्न तथा अन्य बिबिध  कार्यक्रमहरू आगामी पुस १ गते देखि ४ गते सम्म हुने भएकाे छ ।

सगाेत्री समाजले दिएकाे जानकारी अनुसार  पौष १ गते बिहान ११:०० बजे कलश यात्रा, दिनको १:०० बजे मन्दिरको समुद्घाटन पूर्वाङ्ग पूजा, भजन, कृतन बाजागाजा सहित परिक्रमा, पौष २ गते  वास्तु पूजा, जलाशय स्नान र प्राण प्रतिष्ठा, पौष ३ गते  भागवत पाठ, रूद्री, अग्नि स्थापना र  पौष ४ गते  कूलपूजा तथा समापन , सदस्यता तथा सम्मान पत्र वितरण गर्ने कार्यक्रम रहेकाे छ ।

देशै भरि छरिएर रहेका अत्रृअनुशैया दत्तात्रय चापागाई सगोत्रीहरूलाइ एउटै थलाेमा  जम्मा गरी भाइचारा सम्बन्ध बढाउने र  उद्गम स्थलकाे प्रचार प्रसार गरी यसकाे संरक्षण र सम्बर्दन गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष परमानन्द चापागाईले बताउनु भयो ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको र सगोत्री बन्धुहरुलाई सहभागिताका लागि बिभिन्न संचारका माध्यमबाट आमन्त्रण गरिएको समाजका सचिब सूर्य प्रसाद चापागाईले जानकारी दिनुभयो ।

तीन बर्ष अगाडि स्थापना भएको समाजमा हालसम्म ३ सय भन्दा बढी आजीबन सदस्यहरु रहेका छन् । समाजले २५ लाख भन्दा बढीको लागतमा देउपुरको कडेनमा रहेको दुई रोपनी जग्गामा मन्दिर, सत्तल लगायतका भौतिक संरचनाहरुको निर्माण गरिसकेको छ ।

केही तस्बीरहरु

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

May be an image of 8 people and outdoors

May be an image of 11 people, people standing and people sitting

No photo description available.

May be an image of sculpture

May be an image of one or more people, people sitting, people standing, outdoors and tree

May be an image of standing and outdoors

May be an image of one or more people and people sitting

May be an image of indoor

May be an image of one or more people and people standing

May be an image of one or more people, mountain, nature and tree

May be an image of one or more people, people standing, people sitting and outerwear

No photo description available.

No photo description available.

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *