पौष ४ गते पूर्व उपप्रधानमन्त्री तथा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल पर्वत आउने

 पर्वत । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल पर्वत आउने भएका छन् । प्रेस चौतारी नेपाल पर्वत शाखाले आयोजना गरेको विचार गोष्ठि, पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्न पोखरेल पर्वत आउन लागेका हुन ।पर्वतको सदरमुकाम कुश्मा बजारमा हुने औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बरिष्ठ उपाध्यक्ष पोखरेल पर्वत आउन लागेको प्रेस चौतारी पर्वतका सचिव सुवास लामिछानले जानकारी दिए । पोखरेल ३ गते कुश्मा आइपुग्ने र ४ गते दिनको ११ बजे देखि हुने औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रेस चौतारी पर्वत शाखाले पुष ४ गते समाजवाद उन्मुख आर्थिक विकासमा सञ्चार माध्यमको भूमिका विषयका विचार गोष्ठिको आयोजना गरेको छ ।चौतारीले विगत ५ बर्ष देखिको सृजनशिल पत्रकारिता पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ । पुरस्कार पाउनेहरुमा लक्ष्मण सापकोटा, कृष्ण अखेली, सुवास लामिछाने, शान्ति सुवेदी र महेन्द्रबहादुर जिसी रहेका छन् ।यसैगरी सोहि कार्यक्रममा प्रेस चौतारीले शाखामा विशिष्ठ योगदान पुराएका पत्रकारहरु भोलानाथ शर्मा, दुर्गाप्रसाद शर्मा, राजेन्द्र पहाडी, इन्द्रमान खत्री,गणेश पौडेल र सन्तोष थापालाई सम्मान गर्ने कार्यक्रम समेत तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *