कांग्रेस उपसभापतिमा खड्का र गुरूङ विजयी

काठमाडौं

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। बुधबार राति अबेर आएको मत परिणाम अनुसार खड्काले २१२१ र गुरूङ १९०८ मत प्राप्त गर्दै उपसभापति विजयी बने। गुरूङले विजय गच्छदारलाई दुई मतले पराजित गरेका हुन्।

कांग्रेस निर्वाचन समितिका गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *