काठमाण्डाै – एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि बङ्गलादेशमा हुँदैछ । बङ्गलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालकाे महिला र पुरुष टोलीले खेल्ने छन् । नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलङ्कासँग खेल्नेछ । खेल बिहान सवा ११ बजे हुनेछ । यस्तै पुरुष टोलीले बेलुका पौने ५ बजे आयोजक बङ्गलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।