देउपुरमा एकै दिन लायन्स क्लब अफ पोखरा भद्रकालीका तीन कार्यक्रम

मोदी , पर्वत ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको लायन्स क्लब अफ पोखरा भद्रकालीका तीन ओटा कार्यक्रमहरु आज जिल्लाको मोदी गाउँपालिका वडा नं २, देउपुरमा सम्पन्न भएका छन् ।
खाने पानी ट्याङ्की उद्घाटन
क्लबको आर्थिक सहयोगमा जननेत्र मावि देउपुरमा निर्माण सम्पन्न भएको ६ हजार पाँच सय लिटर क्षमताको खाने पानी ट्याङ्कीको आज बिद्यालयमा आयोजित एक समारोहका बीच उद्घाटन गरिएको छ । उक्त ट्याङ्की सँगै बिद्यालयमा चार ओटा धाराहरु समेत निर्माण गरिएको छ ।

May be an image of 10 people, people standing and outdoors
एन एल एफ परियोजना अन्तर्गत एक लाख पचहत्तर हजार रुपैयाको लागतमा सम्पन्न भएको उक्त योजनामा ट्याङ्की निर्माणको लागि लायन्स क्लबले एक लाख रुपैया सहयोग गरेको थियो भने धारा निर्माणको लागि पचहत्तर हजार रुपयाँ वडा कार्यालय देउपुरले उपलब्ध गराएको थियो । क्लबका डाइरेक्टर युवराज चापागाई(राजु)को संयोजनमा उक्त योजना निर्माण भएको हो ।

May be an image of 3 people
योजना समयमै सम्पन्न भएपछि ३ सय ५० भन्दा बढी बिद्यार्थीहरु अध्ययन गर्ने उक्त बिद्यालयमा खानेपानीको अभाव नरहको बिब्यस अध्यक्ष दाताराम चापागाईले बताउनु भयो । क्लबले गरेको कार्यको प्रशंसा गर्दै उहाँले भन्नु भयो–” खडेरीको समयमा बोतल लिएर बिद्यार्थीहरु पानी खोज्दै गाउँ चाहार्नु पर्ने अबस्थाको अन्त्य भएको छ । ”

लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ का बर्ष 2020/2021 का NLF चिफ तथा यस बर्षका New Voice Initiative Chief लायन दुर्गा ढकालकाे प्रमुख  आतिथ्यतामा भएकाे सो कार्यक्रममा वडाध्यक्ष बिकास तिमिल्सिना, बिव्यस अध्यक्ष दाताराम चापागाई, प्रअ दिपक शर्मा, क्लबका निवर्तमान अध्यक्ष संयुक्त धाख्वा, पूर्व अध्यक्ष दिपक तिवारी, बर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा, शंकर ज्ञवाली लगायतले मन्तव्य राख्नु भएको थियो ।

साे कार्यक्रममा सिनियर एओजी दिपक तिवारी, रिजन चियर प्रमुख झम्कनाथ पोख्रेल, क्लस्टर ३ प्रमुख बसन्तराज सिग्देल, क्लबका पूर्व अध्यक्ष अरबिन्द पौडेल, शिक्षा तथा समन्वय इकाइ मनाङका प्रमुख मतिलाल चपाई लगायतको उपस्थिति रहेको थियो । क्लबका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन समारोहको संचालन सचिब समिर परियारले गर्नु भएको थियो ।

May be an image of one or more people, people standing and outdoors

बालबालिकाहरुलाई न्यानो कपडा वितरण
क्लबले देउपुर गैराथोकमा रहेको प्रभावकारी आधारभूत विद्यालयमा अध्ययनरत ३६ जना बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबको आयोजना तथा जननेत्र माविका सहायक प्रअ भूमिराज शर्माको संयोजनमा सो कपडा वितरण गरिएको हो ।

May be an image of 8 people, people standing and outdoors
गरीब परिवारका बालबालिकाहरुलाई कठ्याङ्ग्रीने जाडोबाट जोगाउन उक्त कार्यक्रमले ठूलो सहयोग पुर्याएको बिद्यालयका प्रअ झलक शर्माले बताउनु भयोे ।
यसै बीच क्लबद्धारा सोही समुदायमा रहेका पाँच जना अशक्त एवं बृद्धहरुलाई न्यानो कम्मल समेत बितरण गरिएको छ ।

May be an image of child, standing and outdoors

May be an image of 4 people and people standing
बाख्रा पैँचो कार्यक्रम
क्लबले विगत आठ बर्ष देखि संचालनमा ल्याएको बाख्रा पैँचो कार्यक्रमलाई थप प्रभावकारी र बिस्तारित बनाउन अनुगमन कार्य  सम्पन्र गरेकाे छ । साेही अवससरमा थप बाख्रा खरिदका लागि तीन ओटा परिवारलाई प्रति परिवार सात हजारका दरले एक्काइस हजार रुपैयाँ समेत बितरण गरेको छ ।

हाल सम्म उक्त समुदायका २५ परिवारमा बाख्रा पैँचो कार्यक्रम अन्तर्गत ६५ ओटा बाख्राहरु बिस्तार भैसकेको क्लबका कार्यक्रम संयोजक दिपक तिवारीले जानकारी दिनु भयो ।

No description available.

May be an image of 5 people and people standing
क्लबले दिएको एउटै बाख्राबाट बिस्तार गर्दै हाल सम्म पाँच लाख भन्दा बढी आम्दानी गर्न आफू सफल भएको बाख्रा पालक कृषक धनसरी चापागाईले बताउनु भयो ।
चापागाईले आफ्ना बिरामी श्रीमानको उपचार र घर खर्च चलाउन बाख्रापालनले निकै ठूलो सहयोग पुगेको अनुभव सुनाउनु भयो ।

May be an image of 6 people, people standing and outdoors

May be an image of animal and outdoors

May be an image of 3 people

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *