विश्वकै अग्लो व्यवसायिक स्काई साइक्लिङ शुरू

पर्वत।

विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ नेपालमा सुरु भएको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफले पर्वतको कुस्मामा यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । कालीगण्डकी नदीमाथिको भीरमा कम्पनीको रिसोर्टपरिसरमा उक्त सेवा सञ्चालनमा आएको हो । साइक्लिङको लम्बाइ दुईतर्फ गरी छ सय मिटरको छ ।

कम्पनीले सेवा सुरु गरेको अवसरमा छुट सुविधा पनि घोषणा गरेको छ । साइक्लिङका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रुपियाँ तोकिए पनि सुरुवातको अवसरमा दुई हजार पाँच सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । यो मूल्य आन्तरिक र बाह्य दुवै पर्यटकलाई समान रहेको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *