पर्वत ।
जिल्लामा क्रियाशील पत्रकारहरुले लेखन तथा फोटो भिडियो पत्रकारिता तालिम लिएका छन्।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश र कुश्मा नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको समन्वयमा बुधबारदेखि कुश्मामा सुरु भएको पत्रकारीता तालिम शुक्रबार सकिएकोे हो ।
तातिममा स्थननिय संचार माध्याम देखि राष्ट्रिय स.चार माध्यममा काम गर्नेहरुको सहभागिता रहेको तालिमको समापन सत्रमा बोल्दै कुश्मा नगरपालिकाका उप( प्रमुख सिता काफ्ले लामिछानेले पत्रकारिता समाजको ऐना भएको र पत्रकारले सत्य तथ्य र निश्पक्ष रुपमा बस्तु स्थिति बुझेर समाचार लेख्नुपर्ने भन्दै स्थानीय सरकारले संचालन गरेका कार्यहरूलाई जस्ताको तस्तै जनतामझ पुर्याउनु पर्ने बताउनु भयो। तालिममा सिकेका कुराहरू व्यबहारमा उतार्न पर्ने बताउदै पत्रकारको दक्षता वृद्धिका लागि आगामी दिनहरुमा पनि तालिम तथा प्रशिक्षण आयोजनाका लागि सहयोग गर्ने लामिछानेले प्रतिबद्धता जनाउनु भयो। नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले संचारकर्मीहरुलाई पेशा प्रति क्रियाशिल बनाउदै व्यवसायिक पत्रकारितामा जोड दिन र क्षमता अभिवृद्धि गर्नका लागि आगामी दिनहरुमा पनि तालिमको आयोजना गर्ने बताउनुभयो । तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले पत्रकारिताको आचारसंहितामा रहेर पत्रकारले सत्य तथ्य घटनाहरु इमानदार र विवेकपुर्ण ढंगबाट प्रसारमा जोड दिनुपर्ने बताउनुभयो । पत्रकारितामा नवीन शैली प्रयोग गरि खोज खबरमा जोड दिएर पत्रकारहरु व्यावसायिक बन्नु पर्ने बताउनु भयो।
समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष ओम प्रसाद घायल र दुर्गा प्रसाद शर्मा,सहभागिको तर्फबाट इन्दु तिवारी र रोशन तिवारीले मन्तव्य व्यक्त गर्नुभएको थियोे ।तालिममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र फोटो पत्रकार चन्द्रशेखर कार्की लगायतले प्रशिक्षण दिनुभएको थियोे भने पर्वतका क्रियाशिल ४० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष सोनी शर्माको अध्यक्षता पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले गर्नु एको थियो ।