सवारी लाइसेन्सको सस्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

१६ माघ, काठमाडौं । नक्सालकी सुमित्रा श्रेष्ठले केही दिनअघि चाबहिलको लाइसेन्स कार्यालयबाट दुई पांग्रे सवारीको लाइसेन्स लिन परीक्षाको अनलाइन फारम भरिन् । उनलाई अनलाइन प्रणालीले ‘मार्च’को अन्तिम साताको लागि मात्रै कार्यालयमा उपस्थित भएर परीक्षाका लागि ‘इन्रोलमेन्ट’ गर्ने मिति तोकिदियो ।

तुरुन्तै लाइसेन्स निकाल्ने सोचमा रहेकी सुमित्रालाई ‘त्यति बेलासम्म बल्ल–तल्ल सिकेको स्कुटी चलाउन फेरि बिर्सन्छु कि,’ भन्ने पीर छ । लाइसेन्स नभई स्कुटी चलाउन पनि जोखिम हुने भएकाले मार्चसम्म कसरी अपडेट रहने भन्नेमा उनी चिन्तित छिन् ।

यातायात व्यवस्था विभागका अधिकारीहरुको कुरा मान्ने हो भने मार्चभित्रै परीक्षा दिन पाउने सुमित्रा समेत अब भाग्यमानी सावित हुनेछिन् । किनकी अहिले नै विभिन्न लाइसेन्स कार्यालयबाट परीक्षा दिन चाहनेले ‘मे’ महिनासम्मको मिति पाइसकेका छन् ।

जति पनि फारम स्वीकार्ने व्यवस्था गरेको एक हप्ता नबित्दै धेरैजसो कार्यालयमा करिब ४ देखि ५ महिनाका लागि परीक्षार्थी तय भइसकेका छन्

अहिलेकै गतिमा लाइसेन्सको अनलाइन फारम भर्नेहरु बढ्दै गए भने तत्कालै फारम भर्दा परीक्षाकै लागि करिब ६ महिनाभन्दा बढी कुर्नुपर्ने दिन टाढा नभएको उनीहरुको भनाइ छ । लाइसेन्स लिन मात्रै हैन, त्यसको प्रक्रिया पूरा गर्न पनि अब नागरिकले लामो समय प्रतिक्षा गर्नुपर्ने देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *