पर्वत ।
नेपाल शिक्षक संघ फलेवास नगरसमितिको नगर अधिबेशन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिका ४ स्थित माटेदेवल जनसहयोगी माविमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको राजनीति लाई भर दिने काम शिक्षकहरुले गर्दै आएको बताउनुभयो ।
विभिन्न भूमिकामा शिक्षकहरुलाई अगुवाका रुपमा लिने गरिएको बताउँदै जोशीले शिक्षक बिना काँग्रेसको संगठन पनि अधुरो रहने बताउनुभयो । शिक्षकहरुलाई राज्यले आस्थाका आधारमा भेदभाव गर्न नहुने र शिक्षकको पेशालाई मर्यादित बनाउन ध्यान दिनुपर्ने बताउनुभयो । आफु पनि पूर्व शिक्षक रहेको उल्लेख गर्दै जोशीले शिक्षकलाई नेतृत्वमा ल्याउन आफुले विशेष भूमिका खेल्दै आएको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष एमपी भुसाल, नेपाली काँग्रेस पर्वतका सभापति डा. चुडामणी शर्मा र शिब सुबेदी, महाधिबेशन प्रतिनिधी गंगाधर तिवारी, अर्का महाधिवेशन प्रतिनिधी राधाकुमारी कुँवर क्षेत्री र रेखा गुरुङ, जिल्ला सहसचिव अच्यूत तिवारी, नेपाली काँग्रेस प्रदेश सभा ख का उपसभापती लक्ष्मीकुमारी पौडेल, नेपाली काँग्रेस फलेवास नगरपालिकाका सभापती हिरामणि सापकोटा, जलजला गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रवहादुर क्षेत्री, एकिकृत नेपाल शिक्षक संगठन फलेवासका अध्यक्ष विजयराज रेग्मी, नेपाल शिक्षक संघ पर्वतका बरिष्ठ उपध्यक्ष गोविन्द पोख्ररेल, सल्लाहकार भरत शर्मा लम्साल, प्रदेश प्रतिनिधी गोपाल श्रेष्ठ, नेपाल विद्यार्थी संघका सभापती मिलन सुवेदी, फलेवास ४ का सभापति कृष्ण शर्मा गौडेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम नेपाल शिक्षक संघका नगर अध्यक्ष पूर्णकुमार श्रेष्ठको सभापतित्व, सहसचिव चुडामणि आचार्यको स्वागत र सचिव राजुप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा शिक्षक संघमा आवद्ध फलेवास नगरपालिका भित्रका ८७ जना निबृत्त शिक्षकलाई सम्मान गरिएको छ । अधिवेशनवाट नयाँ नेतृत्व चयनका लागि छलफल जारी रहेको संघले जनाएको छ ।
