सिनेमा हल र जिम बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । 

सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै  कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको बताए।

सरकारले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेको छ भने सार्वजनिक स्थानमा २५ जना भन्दा बढीलाई भेला हुन रोक लगाएको छ। त्यस्तै राजनीतिक भेला, महोत्सव र सम्मेलनहरुमा प्रतिबन्धन लगाएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *