प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गाे लाग्याे

जनकपुरधाम।

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ  । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाई मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनमा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी हुनुभएको थियो । जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *