नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४ सय ८०, महिलाको जनसंख्या ८ लाखले बढी

काठमाडौं ।

नेपालका जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गर्नुभएको हो ।

जनगणनाको तथ्याङक अनुसार पुरुषको भन्दा महिलाको जनसंख्या सात लाख ९० हजारले बढी रहेको जनाएको छ । तथ्याङक अनुसार हाल महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको विभागले जनाएको छ । त्यसै गरी विदेशमा रहेका नेपालीको तथ्याङक २१ लाख ६९ हजार ४७८ रहेको छ।

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत रहेको छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा यस्तो उल्लेख भएको हो ।

यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

विदेशमा करिब २२ लाख

त्यसैगरी पहिलो पटक विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत नेपाली कर्मचारी तथा तिनका आश्रित परिवार सदस्यको इसेन्स लिइएको थियो । जसमा संख्या करिब सात सय जना रहेको जनाइएको छ ।

त्यस्तै, विदेशमा रहेकाहरूको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ रहेको छ । जसमा पुरुष ८१ दशमलब २८ प्रतिशत र महिला १८ दशमलव ७२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *