जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति

काठमाडौं ।

सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रवितधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।

मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको पनि उहाँले बताउनुभयो । जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले संविधानसँग बाँझिएका कानूनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिएको जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *