भुक गाउँमा चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन चल्दै

मोदी, पर्वत ।

कोरोनाको महामारी सँगै सुस्ताएको चलचित्र क्षेत्र अब बिस्तारै आफ्नो लयमा फर्किन थालेको छ । माघ महिनाको कठ्याङ्ग्रिने जाडोमा पनि पर्वतको उत्तरी भेगमा रहेको भुक गाउँमा कलाकारहरु सुटिङमा व्यस्त देखिन्छन् ।

पर्यटकीय गाउँ भुकमा केही दिन पहिले देखि प्रतिकूल मौसमको कुनै पर्वाह नगरी नेपाली कथानक चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन चलिरहेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको छ । उक्त चलचित्रको शुभ-मुहूर्त देउपुरको कोट कालिका मन्दिरमा गरिएको थियो ।

चलचित्रका अभिनेता जितु नेपालले भन्छन् – ” यो रोमान्टिक पारिवारिक चलचित्र हो जसले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ ।”  चलचित्रमा  डा. कपिल रिजालकाे निर्देशन रहेको छ । चर्चित निर्माता एबम् निर्देशक डा. भोला रिजालका छोरा कपिल यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

छायांकनका लागि जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रमेश अधिकारी लगायतका कलाकार सुटिङमा व्यस्त छन् ।

कोरोना कहरका बीच स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै चलचित्रको छायांकन भइरहेको निर्माण टिमले जनाएको छ । चलचित्रमा जितु र साम्राज्ञी प्रेमी-प्रेमीकाको भूमिकामा देखिने छन् छ। चलचित्रलाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

May be an image of 2 people, people sitting and outdoors

May be an image of 2 people, people sitting and indoor

May be an image of 3 people, people standing, footwear and outdoors

May be an image of 3 people and people standing

May be an image of 2 people and indoor

May be an image of 2 people and people sitting

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *