स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय

काठमाडौं ।

सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो ।

यसअघि तीन चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिँदै छ ।

May be an image of 5 people, people standing and indoor

मतदाता नामावली संकलन स्थगित

निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।आयोगका अनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *