मोदी।
मोदी गाँउपालिका वडा नम्वर २ देउपुरले आयोजना गरेको हाजिरजवाफ प्रत्योगितामा जनआदर्श बोर्डिङ स्कुल प्रथम भएको छ । त्यसैगरी आदर्श आधारभुत विद्यालय दोेस्रो र प्रभावकारी आधारभुत विद्यालयले तेस्रो स्थान हासिल गरेको छ ।आधारभूत विद्यालयहरु बीच जननेत्र मा बि देउपुरमा वडा कार्यलयबाट संचालित अतिरिक्त क्रियाकलाप सम्पन्न भएको हो । विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि प्रत्योगितामा आयोजना गरिएको मोदी गाँउपालिका वडा नम्वर २ देउपुरका वडा अध्यक्ष विकास तिमिल्सिनाले बताउनुभयो । वडा नम्वर २ देउपुरका सात वटा आधारभुत विद्यालयहरु सहभागि भएका थिए । वडाले शिक्षा क्षेत्रमा विशेष पहल गर्ने र देउपुरका विद्यार्थीको लागि पठनपाठनलाई सहज ढगंबाट अगाडी बढाउने वडा नम्वर २ देउपुरका वडा सचिव गायत्री चापागाईले बताउनुभयो । सो अवसरमा हस्तकला प्रत्योगिताको पनि आयोजना गरिएको हो ।