युक्रेन-रुस तनावः रुसी सेनाले आक्रमण गरेपछि विभिन्न सहरमा गोली चलेको र विस्फोटनको आवाज

एजेन्सी ।

रुसले छिमेकी देश युक्रेनमा सैन्य आक्रमण गरेको छ। त्यसका लागि सैनिकहरूले युक्रेनी सीमा पार गरेका छन् भने ठूला सहरनजिकै अवस्थित सैन्य संरचनाहरूमा बम प्रहार गरेका छन्।

केही स्थानमा क्षेप्यास्त्र प्रहार भएको विवरण प्राप्त भएको छ। बम आक्रमण भएपछि चूगूएफमा एउटा आवासीय भवन क्षतिग्रस्त भएको छ।

रुससँग कसैले जोरी खोज्ने प्रयास गरे मस्कोले तत्काल”प्रतिक्रिया दिने चेतावनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका छन्।

युक्रेनले युद्ध रोक्न सम्भव भएका सबै कुरा गर्न” संयुक्त राष्ट्रसङ्घलाई आग्रह गरेको छ।

युक्रेनमा रुसले आक्रमण थालेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ। तेलको मूल्य सात वर्ष यताकै सबैभन्दा बढी पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ। एसियाली शेयर बजार पनि केही घटेको छ।

पहिलाे दिनका केही तस्वीरहरू 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *