शीर्ष नेता भेटवार्तामा व्यस्त, एमसीसीमा सहमतिको प्रयास

काठमाडौं ।

एमसीसी सदनबाट अनुमोदन गर्ने विषय पेचिलो बन्दै गएपछि दलका शीर्ष नेताबीच भेटवार्ता बढेको छ ।

बिहीबारको संसद बैठक स्थागित भएलगत्तै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवन नयाँ बानेश्वरमै भेटवार्ता भयो । देउवा–ओलीबीच लगभग एक घण्टा छलफल भएको यियो ।

देउवा–ओलीबीचको छलफल सकिए लगत्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भेटवार्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *