आजदेखि स्थायी शिक्षकको परीक्षा शुरू हुँदै

काठमाडाैँ ।

आजदेखि स्थायी शिक्षकको परीक्षा सुरू हुँदैछ । शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा आजदेखि सुरू हुने भएको हो ।

आयोगले १७ हजार ३ सय ३२ शिक्षकका लागि आवेदन खला गरेको थियो । सोही पदका लागि ४ दिनसम्म परीक्षा सञ्चालन हुनेछ ।

आज आयोगले माध्यमिक तहको परीक्षा लिनेछ । त्यसैगरी, बिहीबार निम्न माध्यमिक तह, शनिबार प्राथमिक तह र सोमबार आन्तरिक बढुवातर्फको परीक्षा हुने आयोगले सुचना प्रकाशन गरेर जानकारी दिएको थियो ।

आयोगले मावि तहमा १ हजार ५ सय ५२, निमाविमा २ हजार ५ सय ९८ र प्राविका लागि १३ हजार ९३ शिक्षकको विज्ञापन खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *