मोदी, पर्वत ।
जिल्लाको मोदी गाउँ पालिकामा स्थानीय तहको निर्वाचन २०७९ सम्पन्न भई एक कार्यक्रमका बीच नव निर्वाचित जनप्रतिनिधिको निर्वाचित प्रमाणपत्र वितरण, शपथ ग्रहण , स्वागत तथा अध्यक्ष र उपाध्यक्षकाे पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

साथै सोही अवसरमा निवर्तमान सम्पुर्ण जनप्रतिनिधिकाे सम्मान कार्यक्रम पनि संगसंगै सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष प्रेम शर्मा पौडेल तथा उपाध्यक्ष सेती महतले नवनिर्वाचित अध्यक्ष हिरा देवी शर्मा एवं उपाध्यक्ष विमल लामिछाने लाई ५ वर्षे आवधिक योजना हस्तान्तरण गर्नु भएको थियो ।

साथै अध्यक्ष उपाध्यक्षको पदभार ग्रहणको अवसरमा १०० दिनभित्र गाउँपालिकाले एम्बुलेन्स खरिद गरि सुत्केरी हुने प्रयोजनमा अस्पताल पुग्न निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गर्नुभएको छ । पातिचौर डिमुवा क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्न सहलगानीमा ११ करोडको योजना संघीय सरकारबाट परिसकेकोमा उक्त योजनामा उपभोक्ता संगसंगै गाउँपालिकाले समेत साझेदारी गरि योजना सफल कार्यन्वयन गर्दै बजारक्षेत्रको खानेपानी समस्या समाधान गर्ने निर्णय समेत भएको छ ।
