मोदी, पर्वत।
लागू औषध मुद्वामा मोदी गाउँपालिकाका दुई जना युवा पक्राउ परेका छन् । मोदी गाउपालिका वडा नं. ५ मोदीखेत बस्ने बिबेक प्रताप सिंह के.सी. र वडा नं. २ पातिचौर बस्ने ओमकार सुनार मंगलबार पक्राउ परेका हुन् ।
लागु औषध सेवन तथा बिक्री बितरण भइ रहेको भन्ने बिशेष सुराकीको आधारमा प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शंकास्पद रुपमा फेला पारी खानतलासी गर्दा ती युवाहरुको साथबाट अंग्रेजीमा CLONAZEPAM TABLETS USP 0.5 लेखेको १० पत्ता र TAPENTADOL TABLETS 100 mg लेखेको २ पत्ता लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
पक्राउ परेका युवाहरु उपर लागु औषध सम्बन्धी कसूर मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको पर्वत प्रहरीले जानकारी दिएको छ ।